Rule 19
बाटोको सुविधा
(१) संरक्षक भए संरक्षकले, संरक्षक नभए सहायक संरक्षकले र सो दुबै नभए नेपाल सरकारले तोकेको कुनै कर्मचारीले आरक्षभित्र सर्वसाधारण जनताका सुविधाको लागि पैदल यात्रा गर्न, घरपालुवा जीवजन्तु हिंडाउन वा सवारी साधन चलाउन चिन्हपट लगाई बाटो तोकिदिन सक्नेछ र सर्वसाधारणले यसरी चिन्हपट लगाई तोकिदिएको बाटो मात्र उपयोग गर्नु पर्नेछ ।
(२) उपनियम (१) मा तोकिएको अधिकारीको लिखित अनुमति बिना कुनै पनि अवस्थामा कुनै व्यक्तिले उपनियम (१) बमोजिम चिन्हपट लगाई तोकिदिएको बाटो छोडी अन्य बाटोको प्रयोग गर्न पाउने छैन ।
(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रतिकूल मौसममा त्यस्तो कुनै बाटो बन्द गर्न उपयुक्त ठानेमा मौसम अनुकूल नहुन्जेलसम्म बन्द गर्नसकिनेछ ।